काठमाडौं- ‘माउन्ट एभरेस्टको नाम परिवर्तन गर्ने मात्र होइन, सर्वोच्च शिखरमा भारतले दाबी ठोक्नुपर्छ’ भन्ने भारतीय च्यानल जी न्युजले प्रस्टीकरण दिएको छ ।
बुधबार साँझ प्रसारित कार्यक्रममा भनिएको छ, ‘माउन्ट एभरेस्टको लोेकेसनलाई कसैले बदल्न सक्दैन, माउन्ट एभरेस्ट नेपालमै छ र यसलाई कसैले इन्कार गर्न सक्दैन । नेपालका आफ्ना दर्शकलाई आहत बनाउने हाम्रो कुनै उद्देश्य छैन ।,’
यही कार्यक्रममा अघिल्लो दिन सुधीर चौधरी आफ्ना दर्शकलाई भन्दै थिए, ‘तपाईं पनि माउन्ट एभरेस्टलाई माउन्ट सिकदर भन्ने हाम्रो अभियानमा सहभागी हुनुस् । यो अभियान आजबाट हामी सुरु गर्दै छौँ । हामी यो माग उठाइरहेका छौँ माउन्ट एभरेस्टको नाम माउन्ट सिकदर हुनुपर्छ । अब भारतले पनि माउन्ट एभरेस्टमाथि आफ्नो दाबी सारा विश्वका अगाडि राख्नुपर्छ ।’