काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शीर्ष तीनमा उक्लिएको छ । बुधबार राति भएको खेलमा ब्राइटनलाई एक शून्य गोल अन्तरले हराउँदै म्यानचेस्टर सिटी अंक तालिकाको शीर्ष तीनमा उक्लिएको हो ।
सिटीका लागि पहिलो हाफको अन्तिम समयमा फिल फोडेनले गरेको एक गोल नै निर्णायक बन्यो । फोडेनले केबिन डि ब्रुएनाको पासको मद्दतमा खेलको ४४औँ मिनेटमा गोल गरेका थिए ।
जितसँगै सिटीले १६ खेलबाट ३२ अंक जोडेको छ । पराजित ब्राइटन भने १४ अंककासाथ तालिकाको १७औँ स्थानमा छ ।