काठमाडौं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज भारत भ्रमणमा जाने भएका छन् । उनी नेपाल-भारतको संयुक्त आयोगको छैटौं बैठकमा सहभागी हुन भारत जान लागेका हुन् । मन्त्री ज्ञवाली माघ ३ गतेसम्म भारतको भ्रमणमा रहने छन् । उनी शनिबार स्वदेश फर्किने कार्यक्रम छ ।
संयुक्त आयोगको बैठकमा नेपाल-भारतको द्विपक्षीय हित प्रवद्र्धन तथा व्यापार, पारवहन, ऊर्जा, सीमा, कोभिड-१९ मा आपसी सहयोग/समन्वय, पूर्वाधार विकास, कनेक्टिभिटीलगायतका विषयमा छलफल हुने बताइएको छ ।
भारत भ्रमणका क्रममा मन्त्री ज्ञवालीले राजनीतिक भेटवार्ता पनि गर्ने बताइएको छ ।