काठमाडौं- मानव स्वास्थ्यका लागि योग अत्यावश्यक भएकाले नियमित योग गर्न सरोकारवालाले जोड दिएका छन् ।
राष्ट्रिय योग दिवसको अवसरमा विभिन्न संघसंस्थाहरूले योग कार्यक्रम गरेका छन् । योग अभ्यासलाई नियमित गर्ने बानी बसाल्न सके शरीर स्वस्थ्य रहने मानिसहरूको बुझाइ छ ।
पछिल्लो समय योगप्रति जनविश्वास बढेको छ । यसलाई नियमित गर्नु राम्रो हुन्छ । योगले शरीर र मस्तिस्कलाई स्वस्थ राख्न सहयोग पुर्याउने जानकारहरूको भनाइ छ ।