भारतमा कोरोना ग्राफ: हालसम्म एक करोड पाँच लाखभन्दा बढी संक्रमित-Sutra News

भारतमा कोरोना ग्राफ: हालसम्म एक करोड पाँच लाखभन्दा बढी संक्रमित

बिहिबार, १ माघ २०७७

बिहिबार, १ माघ २०७७

भारत- भारतमा कोरोना भाइरस संक्रमित संख्या बिहीबारसम्म एक करोड पाँच लाखभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १६ हजार ९४६ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड पाँच लाख १२ हजार ९३ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।



गत २४ मा भारतमा कोरोना संक्रमणको कारण १९८ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ५१ हजार ७२७ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड एक लाख ४६ हजारभन्दा बढी व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ ।

हाल भारतमा दुई लाख १३ हजार ६०३ सक्रिय संक्रमित रहेका छन् । भारतको राष्ट्रिय राजधानी दिल्लीमा बुधबार ३५७ जना थप व्यक्तिमा कोरोना भाइरसका संक्रमण देखिएको र ११ जनाको मृत्यु भएको छ ।

भारतीय सरकारले देशका विभिन्न भागमा कोभिड-१९ परीक्षणलाई तीव्रता दिदै आएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबारसम्म देशभर १८ करोड ४२ लाख ३२ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । हिजो बुधबार मात्र एकै दिनमा आठ लाख ४३ हजार १९१ जनाको कोभिड-१९ परीक्षण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट