कोरोना ग्राफः ४०३ थपिए, ४०५ निको, ६ जनाको मृत्यु-Sutra News

कोरोना ग्राफः ४०३ थपिए, ४०५ निको, ६ जनाको मृत्यु

बिहिबार, १ माघ २०७७

बिहिबार, १ माघ २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा ४ सय ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ४ सय ३ जनामा कोरोना पुष्टि भएको हो ।



यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६६ हजार ५ सय ४६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ सय ५ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ६० हजार १ सय ७७ पुगेको छ ।

त्यस्तै, यसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९ सय ४३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट