चीनमा आठ महिनापछि कोभिडबाट एक व्यक्तिको मृत्यु-Sutra News

चीनमा आठ महिनापछि कोभिडबाट एक व्यक्तिको मृत्यु

बिहिबार, १ माघ २०७७

बिहिबार, १ माघ २०७७

बेइजिङ- चीनमा आठ महिनापछि बिहीबार कोभिड-१९ बाट पहिलोपटक एक व्यक्तिको मृत्यु भएको छ । पछिल्ला केही दिनमा कोरोना भाइरसको संक्रमण बढेपछि प्रान्तका विभिन्न सहरहरु लकडाउन गरिएका छन् ।



करिब २ करोडभन्दा बढी मानिसलाई घरभित्रै बस्न भनिएको छ र एउटा प्रान्तले संंकटकाल नै घोषणा गरेको छ । अहिले चीनमा कोरोना १० महिना यताकै उच्च अवस्थामा पुगेको हो । 

यसैक्रममा, कोरोना भाइरसको उत्पत्तिस्थल मानिएको हुबेईको वुहान सहरमा अध्ययनका लागि विश्व स्वास्थ्य संगठनका विशेषज्ञको एक टोली बिहीबार चीन पुगेको छ । 

सुरुमा चीनले कडा लकडाउन र सामूहिक परीक्षणको माध्यामबाट भाइरसको प्रकोपलाई नियन्त्रणमा लिएको थियो तर राष्ट्रिय स्वास्थ्य आयोगले बिहीबार एक सय ३८ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको छ । 

सरकारी समाचारसंस्थाका सिन्ह्वाका अनुसार देशव्यापी रुपमा हाल ८८५ जना संक्रमितको उपचार भइरहेको छ, भने २४ जना गम्भीर अवस्थामा रहेका छन् । 

गत साता अधिकारीहरुले पछिल्लो प्रकोपको केन्द्र हिबेईको राजधानी सहर सिजियाजुवामा सामूहिक परीक्षण सञ्चालन गरे, यातायात सञ्जाल, शैक्षिक संस्था र पसलहरु बन्द गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट