काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-माधव पक्षको स्थायी कमिटीको बैठक काठमाडौं सुरु भएको छ ।
नेकपाको कार्यालय पेरिसडाँडामा आजबाट सुरु भएको बैठकमा काठमाडौं केन्द्रित आन्दोलनलाई थप सशक्त बनाउन जनपरिचालन गर्ने निर्णय गरेको छ ।
बैठकमा आगामी आन्दोलन कसरी अघि बढाउने, संगठन व्यवस्थापन, कार्यकर्ता भेला, निर्वाचन आयोग र सर्वोच्च अदालतमा भइरहेका कामको बारेमा छलफल गर्ने एजेन्डा रहेको बैठक पछि अध्यक्ष माधव नेपालले जानकारी दिए ।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले ओली पक्षले निर्वाचन आयोगलाई आफ्नो दावीसहित पत्र बुझाउनुको कुनै अर्थ नरहेको प्रतिक्रिया पनि दिए । बैठक भोलि बिहान ११ पुनः बस्नेछ ।