काठमाडौं- साविकको विजेता रियल मड्रिड स्पेनिस सुपर कपको सेमिफाइनलबाटै बाहिरिएको छ ।
बिहीबार राति भएको खेलमा एथ्लेटिक बिल्वाओले रियललाई २-१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।
एथ्लेटिकको जितमा दुवै गोल राहुल गार्सियाले गरे ।
रियलका करिम बेन्जेमाले एक गोल फर्काए पनि फाइनल पुग्न पर्याप्त रहेन । अब एथ्लेटिकले उपाधिका लागि सोमबार बार्सिलोनासँग प्रतिस्पर्धा गर्नेछ ।