काठमाडौं- काठमाडौं उपत्यकासहित देशका कतिपय ठाउँमा लागेको बाक्लो हुस्सु र कुहिरोका कारण आन्तरिक उडानमा असर पुगेको छ । कुहिरो लागेकाले भिजिबिलिटी कम भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार विराटनगर, जनकपुर, भैरहवा, नेपालगञ्ज, धनगढीलगायत विमानस्थलमा आन्तरिकतर्फका सबै उडान प्रभावित भएका छन् ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले तराईका भूभागहरुमा बाक्लो कुहिरो देखिएको छ । काठमाडौं उपत्यका र पश्चिम पहाडी भूभागहरुमा पनि बादल लागेको छ ।
तराईका धेरैजसो भूभागहरुमा बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो समेत लाग्ने भएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि मौसमविदहरुले सुझाव दिएका छन् ।