सूर्योदय र डाफोडिल बास्केटबलको प्रि-क्वाटरफाइनलमा-Sutra News

सूर्योदय र डाफोडिल बास्केटबलको प्रि-क्वाटरफाइनलमा

शुक्रबार, २ माघ २०७७

शुक्रबार, २ माघ २०७७

काठमाडौं- सूर्योदय ‘बी’ र डाफोडिल ‘पीएचसीए खुला एसइई थ्री अन थ्री’ बास्केटबल प्रतियोगिताको प्रि-क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बास्केटबलको ब्वाइजतर्फ सूर्योदय समूह ‘एच’ को उपविजेता तथा डाफोडिल सोही समूहको विजेता बन्दै प्रि-क्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।



घट्टेकुलोमा बिहीबार भएको खेलमा सूर्योदय ‘बी’ ले विल्सन एकेडेमीलाई ८-६ अङ्कले पराजित गर्यो । डाफोडिलले सूर्योदय ‘बी’ लाई १२-७ अङ्कले तथा विल्सनलाई १६-१० अङ्कले हरायो । पुरूषतर्फ नै मिलन ‘ए’, ‘बी’ र ‘डी’, भीएस निकेतन कलेज ‘ए’, रोशन, मनास्लु, क्याम्पियन, विनय पुरी, ग्रामर, टीआइए, टिम रावत र ओमेगा टोली प्रि-क्वाटरफाइनलमा प्रवेश गरेका छन् । 

यसैगरी महिलातर्फ सूर्योदय, साइपाल, लिम्पिया, भीएस निकेतन कलेज ‘ए’, बुद्ध प्रकाश र हिमालय क्वाटरफाइनलमा प्रवेश गरेका छन् । उक्त प्रतियोगिताको सूर्योदय फाउन्डेसनका अध्यक्ष लक्ष्यबहादुर केसी र प्रबन्ध निर्देशक सुशील थापाले संयुक्तरूपमा उद्घाटन गरेका थिए । प्रतियोगितामा पुरूषतर्फ ३२ तथा गल्र्सतर्फ १६ टोली सहभागी छन् ।

पुरूषतर्फ पहिलो हुनेले २० हजार, दोस्रोले १० हजार र तेस्रोले पाँच हजार तथा गल्र्स पहिलो हुनेले १५ हजार, दोस्रो हुनेले आठ हजार र तेस्रो हुनेले चार हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता शनिबारसम्म चल्ने छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट