काठमाडौं- प्रतिगमनविरोधी आन्दोलन सशक्त पार्ने कार्यक्रमहरु तय गर्न नेकपा प्रचण्ड-माधव पक्षको स्थायी कमिटी बैठक जारी छ ।
११ बजेपछि कोटेश्वरस्थित केन्द्रीय कार्यालय पेरिसडाँडमा सुरु भएको बैठकले आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने र माधव नेपाल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्ने नेताहरुले बताएका छन् ।
बैठक आजै सक्ने तयारी रहेपनि छलफलका आधारमा निर्णय हुने नेताहरुले बताएका छन् ।
पुस ५ गतेको प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको सिफारिस गर्ने निर्णयविरूद्ध अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपा लगातार आन्दोलनमा छ ।