विपत्ति रोकथाम गर्न सरकार तयारी हुनु पर्छ : गृहमन्त्री-Sutra News

विपत्ति रोकथाम गर्न सरकार तयारी हुनु पर्छ : गृहमन्त्री

शुक्रबार, २ माघ २०७७

शुक्रबार, २ माघ २०७७

काठमाडौं- गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आगामी दिनमा हुन सक्ने विपत्तिको सामना गर्न पूर्व तयारी गर्नु पर्ने बताएका छन् । शुक्रबार २३ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौं-महानगरले आयोजना गरेको राष्ट्रिय भूकम्प स्मृति सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।



यस्तै, गृहमन्त्री बादलले विपत्ति रोकथामका लागि सरकारले आवश्यक संरचना, नीति, ऐन, योजना बनाउँदै आएको बताए । उनले विं.सं. २०७२ सालमा गएको भूकम्पको पीडा निको नभएको उल्लेख गरेका थिए । कार्यक्रममा बोल्दै उनले यस वर्षमा बाढी पहिरोका कारण क्षति भएका घरहरुको पुननिर्माणको काम अगाडि बढाउनु पर्ने बताए ।

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका नगरप्रमुख विद्यासुन्दर शाक्यले महानगरले सुरक्षा निकाय बस्ने जीर्ण भवनहरु निर्माण गर्न चाहेको बताए । गृह मन्त्रालयसँग कुरा भइरहेको जानकारी दिँदै उनले अनुमति दिए सुरक्षा निकाय बस्ने जीर्ण भवन पुरानै स्वरुपमा बनाउने बताएका थिए ।

राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले स्थानीय सरकारको क्षमता अभिवृद्धि गर्न आवश्यक तालिम शुरु गरेको बताए । महानगरले हरेक वर्ष माघ २ गते राष्ट्रिय भूकम्प स्मृतिमा सभा गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट