मोटरसाइकलले ठक्कर दिँदा काठमाडौंमा बालकको मृत्यु-Sutra News

मोटरसाइकलले ठक्कर दिँदा काठमाडौंमा बालकको मृत्यु

शुक्रबार, २ माघ २०७७

शुक्रबार, २ माघ २०७७

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तारकेश्वर नगरपालिका–३ का १२ वर्षीय अमृत देवकोट रहेका छन् । उनको उपचारका क्रममा ओम समाज अस्पतालमा मत्यु भएको हो ।



थानकोटबाट कलंकी जाँदै गरेको प्रदेश नं ३–०२–००९ प ८४४८ नम्बरको मोटरसाइकलले बालकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। उनको उपचारका क्रममा मृत्यु भएपछि मृतकका आफन्तले कंलकी नागढुंगा सडक खण्डमा अबरोध गरेका थिए । प्रहरीले मृतक बालकका आफन्तलाई नियन्त्रणमा लिएर सडक खुलाएको थियो ।

दुर्घटनामा मोटरसाइकलमा सवार सुन्दर सदा शंकर र सुदिप बस्नेतसमेत गम्भीर घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट