संसद विघटनविरुद्ध स्थानीय तहमा प्रदर्शनको तयारी, सहभागी हुन सभापति देउवाको आग्रह-Sutra News

संसद विघटनविरुद्ध स्थानीय तहमा प्रदर्शनको तयारी, सहभागी हुन सभापति देउवाको आग्रह

शुक्रबार, २ माघ २०७७

शुक्रबार, २ माघ २०७७

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा (संसद) विघटनविरुद्ध प्रदर्शनमा सहभागिता हुन सबै नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । उनले एक विज्ञप्ति जारी गर्दै पार्टीले गरेको सबै प्रकारको सरकार विरोधी प्रदर्शनमा सहभागी हुन आग्रह गरेका हुन्।



यसअघि कांग्रेसले गत पुस १३ गते एक सय ६५ निर्वाचन क्षेत्रमा तथा पुस २५ गते तीन सय ३० प्रदेश सभाको निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको थियो । विज्ञप्तिमा यस पटक सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्ने उल्लेख गरिएको छ ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले देशभर हुने सबै निर्वाचन तहमा प्रतिनिधि सभा विघटनविरुद्ध प्रदर्शन गर्ने तयारी अनुसार स्थानीय तहमा प्रदर्शन गर्ने तयारी गरेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट