डोनाल्ड ट्रम्पलाई हटाउँदा फेसबुक र ट्वीटरले गुमाए अर्बौं रुपैयाँ-Sutra News

डोनाल्ड ट्रम्पलाई हटाउँदा फेसबुक र ट्वीटरले गुमाए अर्बौं रुपैयाँ

शुक्रबार, २ माघ २०७७

शुक्रबार, २ माघ २०७७

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो प्लेटफर्मबाट हटाएसँगै सामाजिक सञ्जालहरुले अर्बौं क्षति व्यहोरेका छन् । फेसबुक र ट्वीटरले मात्रै ट्रम्पलाई हटाएपछि एक सातामा ५१.२ बिलियन डलर (५९ अर्ब २४ करोड रुपैयाँ) गुमाएका छन् ।



अमेरिकी संसद क्यापिटल हिलमा भएको हिंसात्मक घटनापछि ट्रम्पलाई फेसबुक र ट्वीटरले आफ्नो प्लेटफर्मबाट हटाएको थियो । ट्रम्पलाई हटाएपछि उनका समर्थकहरुले फेसबुक र ट्वीटरलाई यो अवस्थामा पुर्याएका हुन् ।

ट्रम्पलाई प्रतिबन्ध लगाएपछि फेसबुकको मूल्यमा सोमबार ४ प्रतिशत र मंगलबार २.२ प्रतिशत गिरावट आएको थियो । यो गिरावटका कारण फेसबुकको बजार मूल्य ४७.६ विलियन डलरले घटेको छ ।

त्यसैगरी ट्वीटरमा सोमबार ६.४ प्रतिशत गिरावट आएको थियो । मंगलबार २.४ प्रतिशतले गिरावट हुँदा कुल बजार मूल्यमा ३.५ बिलियन डलरर गिरावट हुन पुगेको हो ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल फेसबुक र ट्वीटरबाट हिंसात्मक कार्य गर्न प्रेरित गरेको भन्दै यस्तो नगर्न आग्रह गर्दै आएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट