देशभर २७० जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु-Sutra News

देशभर २७० जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु

शुक्रबार, २ माघ २०७७

शुक्रबार, २ माघ २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर दुई सय ७० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । संक्रमितमध्ये एक सय ७२ जना काठमाडौं उपत्यकाका रहेका छन् ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ८४ जनाको पिसीआर परीक्षण हुँदा दुई सय ७० जनामा कोरोना पुष्टि भएको हो ।

यसैगरी कोरोनाबाट पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ भने तीन सय ९० जना निको भएका छन् । हालसम्म नेपालका दुई लाख ६६ हजार ८ सय १६ जनालाई कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट