काठमाडौं । देशभर फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि सरकारले सहयोग गर्न अपिल गरेको छ । सबै नागरिकलाई निशुल्क कोरोनाको खोप प्रदान गर्न आवश्यक रकम जुटाउन भन्दै सहयोग अपिल गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार दातृ निकाय, विदेशी नागरिक, व्यवसायी तथा संघसंस्थालाई कोरोना भाइरसको खोप खरिद गर्न सहयोग मागेको हो । सरकारले सबै नागरिकलाई निशुल्क १२ प्रकारको खोप दिने बताउँदै आएको छ ।