सबै जिल्ला प्रशासनलाई निर्वाचनको तयारी गर्न गृह मन्त्रालयको निर्देशन-Sutra News

सबै जिल्ला प्रशासनलाई निर्वाचनको तयारी गर्न गृह मन्त्रालयको निर्देशन

शुक्रबार, २ माघ २०७७

शुक्रबार, २ माघ २०७७

काठमाडौं । गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई निर्वाचनको तयारी गर्न निर्देशन दिएको छ । आगामी वैशाख १७ र २७ गते हुने प्रतिनिधि सभाको निर्वाचनको तयारी तीव्र पार्न गृहसचिव महेश्वर न्यौपानेले सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएका हुन् ।



जिल्ला प्रशासन कार्यालयलाई चुनावसम्बन्धी ९ बुँदे निर्देशन दिँदै चुनावको तयारी तीव्र निर्देशन दिएको हो । चुस्त सुरक्षा व्यवस्था मिलाउने, मतदान स्थलको निरीक्षण, अवलोकन गर्ने, मतदाता नामावलीमा संकलनमा खटिएको आयोगको टोलीलाई सहयोग गर्ने जस्ता निर्देशन दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट