ओलीलाई पार्टीबाट निष्काशन गर्न स्पष्टीकरण सोध्ने प्रचण्ड-नेपाल पक्षको निर्णय-Sutra News

ओलीलाई पार्टीबाट निष्काशन गर्न स्पष्टीकरण सोध्ने प्रचण्ड-नेपाल पक्षको निर्णय

शुक्रबार, २ माघ २०७७

शुक्रबार, २ माघ २०७७

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीबाट निष्काशन गर्न स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।



उनले भने,‘ असंवैधानिक गतिविधिलाई निरन्तरता दिएकाले अब प्रधानमन्त्री ओलीलाई किन पार्टीबाट नहटाउने भन्ने विषयमा उहाँसँग स्पष्टीकरण लिने निर्णय आजको बैठकले गरेको छ ।’

शुक्रबारको बैठकमा संसद विघटनको विरुद्धमा जारी आन्दोलनलाई कसरी सशक्त बनाउने भन्नेबारे पनि तीब्र छलफल भएको श्रेष्ठले बताए ।

यो बैठकको निर्णय अनुसार आगामी दिनमा आयोजना गर्न लागिएका प्रदेशस्तरीय जुलुस र सभामा यो पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल सहभागि हुँदैछन् ।

यो पक्षले आफ्नो पुस सात गतेको केन्द्रीय कमिटी बैठकमा ओलीलाई पार्टी अध्यक्षबाट हटाउने निर्णय गरेको छ । त्यसबारे उसले निर्वाचन आयोगलाई जानकारी समेत गराएको छ ।

यस्तै आजको बैठकमा विष्णु पौडेललाई पनि महासचिव पदबाट हटाउने निर्णय गरेको श्रेष्ठले जानकारी दिए । बैठकमा संसद विघटन विरुद्ध जारी आन्दोलनमा नागरिक समाज र विपक्ष दलसँग सहकार्य गर्नका लागि पहल जारी राख्ने निर्णय पनि गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट