भारतले बनाएको ‘कोभिसिल्ड’ खोप प्रयोगका लागि नेपाललाई आपतकालीन अनुमति-Sutra News

भारतले बनाएको ‘कोभिसिल्ड’ खोप प्रयोगका लागि नेपाललाई आपतकालीन अनुमति

शुक्रबार, २ माघ २०७७

शुक्रबार, २ माघ २०७७

काठमाडौं- नेपालमा कोरोना भाइरसविरुद्धको खोप ‘कोभिसिल्ड’लाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।  औषधि व्यवस्था विभागको शुक्रबार बसेको बैठकले खोपको प्रयोगमा अनुमति दिने निर्णय गरेको हो । 



भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको खोप नेपालमा आपतकालीन प्रयोगका लागि सशर्त अनुमति दिइएको विभागले जनाएको छ । 

‘कोभिसिल्ड’ अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको भारतीय संस्करण हो ।

भारतले यसअघि नै यो खोप प्रयोगको लागि अनुमति दिइसकेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट