सबैभन्दा बढी अपराध हुने देश भेनेजुयला, नेपाल ९२ औँ स्थानमा-Sutra News

सबैभन्दा बढी अपराध हुने देश भेनेजुयला, नेपाल ९२ औँ स्थानमा

शुक्रबार, २ माघ २०७७

शुक्रबार, २ माघ २०७७

काठमाडौं । पछिल्लो एक वर्षमा सबैभन्दा बढी अपराध हुने देशको पहिलो सूचीमा भेनेजुयला परेको छ । यस देशमा कूल २ करोड ९० लाख जनसंख्या रहेका छन् । विश्वभरका अपराधिक घटनालाई आधार बनाएर तयार पारिएको रिपोर्टअनुसार सबैभन्दा कम अपराध कतारमा भएको छ ।



ग्लोबल डेटाबेस कम्पनी नम्बियोले तयार पारेको रिपोर्टले नेपाललाई ९२ औँ स्थानमा राखेको छ । यस्तै, भारत ६८ औँ स्थानमा रहेको छ ।

पछिल्लो एक वर्षमा मात्रै भेनेजुयलाको अपराध इन्डेक्स ८४.४९ प्रतिशत रहेको छ । बढी अपराध हुने दोस्रो स्थानमा पापुवा न्यू गिनी रहेको छ । करिब ८० लाख जनसंख्या भएको यस देशमा ८१.९३ प्रतिशत अपराध हुने देखाइएको छ ।

यसैगरी, चीन ९७ औँ स्थानमा रहेको छ । अन्य देशहरुमा अफगानिस्तान चौथो स्थान, बांग्लादेश १६ औँ स्थान, पाकिस्तान ६३ औँ स्थानमा रहेका छन् । सबैभन्दा कम अपराध हुने देशहरुमा कतारपछि ताइवान, यूएई, जॉर्जिया र जापान रहेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट