नेकपा विवाद : महासचिव पौडेलको पद खोसियो-Sutra News

नेकपा विवाद : महासचिव पौडेलको पद खोसियो

शुक्रबार, २ माघ २०७७

शुक्रबार, २ माघ २०७७

काठमाडौं । नेकपाको प्रचण्ड–माधव पक्षले विष्णुप्रसाद पौडेललाई महासचिव पदबाट हटाउने निर्णय गरेको छ । शुक्रबार पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले उनलाई महासचिवबाट हटाउने निर्णय गरेको हो ।



यस्तै, प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । पार्टी अनुशासन विपरीत काम गरेकाले साधारण सदस्यबाट समेत किन नहटाउने भन्ने स्पष्टिकरण सोध्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।

संसद् विघटन गरेसँगै प्रचण्ड–माधव समूहले अध्यक्षबाट ओलीलाई पुस ७ गते नै हटाइसकेको छ । तर, उनी केन्द्रीय सदस्य रहँदै आएका थिए ।

यसैबीच ओली पक्षले पनि प्रचण्ड–माधव पक्षका नेताहरुलाई कारबाही गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट