गुल्मी- ढाड दुख्ने बिरामीलाई झारफुक गरी उपचार गर्ने बहानामा तातो फलामको रड, प्लाष्टिकको पाइप र स्टिलको झाँजर तताई शरीरका विभिन्न भागमा डाम्दा बिरामीको मृत्यु भएको घटनामा संलग्न भएको अभियोगमा प्रहरीले दम्पत्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा गुल्मी रेसुङ्गा नगरपालिका-१ ओख्रेनी तिनधारा बस्ने ३८ वर्षीय रामप्रसाद श्रेष्ठ र उनकै श्रीमती ३६ वर्षीया शान्तिला श्रेष्ठ रहेका छन् । बिरामीको मृत्यु भएपछि परेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
रामप्रसादको घरमा गत आइतबार अपरिचित व्यक्तिहरु आएर ईश्मा गाउँपलिका-३ दर्लामचौर बस्ने ६४ वर्षीय राम बहादुर कुमाल (मुखिया) लाई आगोले पोली डामी मृत्यु भएको तथा उनका जेठो छोरा ३४ वर्षीय हुमबहादुर मुखिया सामान्य घाइते अवस्थामा फेला परेका थिए ।