कोरोनाको भ्याक्सिन लगाएसँगै नर्वेमा २३ जनाको मृत्यु-Sutra News

कोरोनाको भ्याक्सिन लगाएसँगै नर्वेमा २३ जनाको मृत्यु

शनिबार, ३ माघ २०७७

शनिबार, ३ माघ २०७७

काठमाडौं । गत वर्षदेखि विश्वभर फैलिएको कोरोना भाइरस अन्त्यका लागि भ्याक्सिन लगाउन सुरु भएसँगै विवाद उत्पन्न भएको छ । यस क्रममा नर्वेमा कोरोनाविरुद्ध लगाएको भ्याक्सिनका कारण २३ जनाको मृत्यु भएको समाचार बाहिर आएको छ ।



चीनको समाचार संस्था ग्लोबल टाइम्सका अनुसार कोरोनाको भ्याक्सिन लगाएपछि २३ जनाको मृत्यु भएको हो । मृत्यु भएका सबै जनालाई अमेरिकी कम्पनी फाइजरले उत्पादन गरेको भ्याक्सिन लगाइएको थियो ।

नर्वेमा नयाँ वर्ष सुरु भएसँगै कोरोनाको भ्याक्सिन लगाउन थालिएको थियो । अहिलेसम्म ३३ हजार जनताले कोरोनाविरुद्धको भ्याक्सिन लगाइसकेका छन् । नर्वेमा ५७ हजार सात सय ३६ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ ।

कोरोनाको भ्याक्सिनको खोप लगाएर मृत्यु हुनेमा धेरै जना ८० वर्षभन्दा माथिका रहेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट