इन्डोनेसियामा ६.२ म्याग्नीच्युडको भूकम्पको धक्का, सयौँ घाइते-Sutra News

इन्डोनेसियामा ६.२ म्याग्नीच्युडको भूकम्पको धक्का, सयौँ घाइते

शनिबार, ३ माघ २०७७

शनिबार, ३ माघ २०७७

काठमाडौं । इन्डोनेसियामा शुक्रबार गएको शक्तिशाली भूकम्पमा परी ८ सयभन्दा बढी घाइते भएका छन् । भूकम्पका कारण १५ हजार मानिस विस्थापित भएको समाचारमा जनाइएको छ ।



देशको पश्चिम सुलावेसी प्रान्तमा गएको ६.२ म्याग्नीच्युडको भूकम्पले सयौँ घर तथा भौतिक संरचनामा क्षति पुगेको अधिकारीहरुले जनाएका छन् । भूकम्पमा परी गम्भीर घाइते भएकालाई अस्पतालमा उपचार गराइएको छ भने सामान्य घाइतेको संख्या धेरै भएकाले उनीहरुलाई अस्पताल बाहिर उपचार गरिएको छ ।

भूकम्पले सबैभन्दा धेरै मामुजु सहर र मजेने जिल्ला प्रभावित भएको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका प्रवक्ता राडित्या जाटीले जानकारी दिए । उनका अनुसार मामुजुमा एक सय ८९ जना गम्भीर घाइते भएका छन् भने मजेनेमा ६ सय ३९ जना घाइते भएका छन् ।

भूकम्पमा परी कम्तीमा ३५ व्यक्तिको मृत्यु भएको विवरण शुक्रबार नै सार्वजनिक गरिएको थियो । यस द्वीपमा साढे दुई वर्षअघि आएको भूकम्प र सुनामीमा परी हजारौँ व्यक्तिको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट