प्रधानमन्त्री ओलीले भने– विश्वमा कही नभएको विकाश नेपालमा भएको छ-Sutra News

प्रधानमन्त्री ओलीले भने– विश्वमा कही नभएको विकाश नेपालमा भएको छ

शनिबार, ३ माघ २०७७

शनिबार, ३ माघ २०७७

काठमाडौं । शनिबार काठमाडौँमा उपस्थित भएका प्रदेश १ का नेता तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा कही नभएको विकाश नेपालमा भएको बताएका छन् । नेपालमा एकै दिन ३ सय ९ वटा अस्पतालको उद्घाटन भएको भन्दै नेपालमा तीव्र विकाश भएको बताएका हुन् ।



सम्बोधनमा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘जनताले विकाशको गति देखेर चकित भएका छन्, विश्वका ठूला देशले गर्न नसकेको विकाश नेपालमा भएको छ ।’

प्रधानमन्त्री ओलीले नेकपाको अर्का पक्ष प्रचण्ड–माधवलाई लक्षित गर्दै सूर्य चिह्न उनीहरुको नभई आफ्नै भएको बताए । उनले भने, ‘जसले एकपटक सूर्य चिह्नबाट चुनाव लडेका छैनन्, उसैलाई सूर्य चिह्न चाहिने ? निर्वाचनमा सूर्य चिह्न चाहिने भए पार्टीको बैठकमा आउनु ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट