थप २४० जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु-Sutra News

थप २४० जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु

शनिबार, ३ माघ २०७७

शनिबार, ३ माघ २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या २ लाख ६७ हजार ५६ जना पुगेको छ ।



त्यसैगरी पछिल्लो २४ घण्टामा ४७७ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । देशभर सक्रिय कोरोना संक्रमितको संख्या भने ४ हजार ५८ रहेको छ ।

संक्रमणबाट २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ९५४ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट