काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध देशभर आज आयोजना गरेको प्रर्दशनमा सहभागी सबैलाई बधाई तथा शुभकामना दिएका छन् । कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी असंवैधानिक काम गरेको भन्दै सबै स्थानीय तहमा विरोध प्रर्दशन आयोजना गरेको थियो ।
कांग्रेसको आयोजनामा शनिबार देशभरका ७ सय ५३ स्थानीय निर्वाचन क्षेत्रहरुमा प्रर्दशन भएको हो । पार्टी सभापति देउवाले हस्ताक्षर गरेको विज्ञप्तिअनुसार आगामी माघ ८ गते कांग्रेसले सबै पालिकाका ६ हजार ७ सय ४३ वडाहरुमा प्रर्दशन हुने जनाएको छ ।
यसअघि कांग्रेसले गत पुस १३ गते सबै प्रतिनिधि सभाको निर्वाचन क्षेत्रमा प्रर्दशन गरेको थियो । यस्तै, गत पुस २५ गते सबै प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रर्दशन सम्पन्न गरेको थियो ।