भन्सार छलेर ल्याएको मोबाइल बरामद-Sutra News

भन्सार छलेर ल्याएको मोबाइल बरामद

शनिबार, ३ माघ २०७७

शनिबार, ३ माघ २०७७

काठमाडौं । भन्सार छली गरी ल्याउँदै गरेको अवस्थामा विभिन्न कम्पनीका २३ थान मोबाइल प्रहरीले बरामद गरेको छ । भैरहवाबाट काठमाडौँ आउँदै गरेको लु २ ख ४२१६ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोबाइल फेला पारेको हो ।



बरामद मोबाइल आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालय पठाइने महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट