एटिएमको बुथ फुटाउँदै गर्दा ३ जना पक्राउ-Sutra News

एटिएमको बुथ फुटाउँदै गर्दा ३ जना पक्राउ

शनिबार, ३ माघ २०७७

शनिबार, ३ माघ २०७७

काठमाडौं । काठमाडौँ महानगरपालिका २९ कालिकास्थानमा रहेको एनआइसी एशिया बैंकको एटिएम बुथ फुटाउँदै गरेको अवस्थामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई शुक्रबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो ।



पक्राउ पर्नेमा काठमाडौँ बानेश्वर बस्ने बागलुङ गलकोट नगरपालिका ७ घर भएका २२ वर्षीय साहिल खत्री, काठमाडौँ महानगरपालिका २९ कालिकास्थान बस्ने बागलुङ गलकोट नगरपालिका ७ का २५ वर्षीय अनिल थापा र सोही ठाउँ बस्ने २५ वर्षीया नुमा मगर रहेका छन् ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यससम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट