भारत भ्रमण सकेर मन्त्री ज्ञवाली स्वदेश फिर्ता, प्रधानमन्त्री मोदीलाई भेट्ने प्रयास असफल-Sutra News

भारत भ्रमण सकेर मन्त्री ज्ञवाली स्वदेश फिर्ता, प्रधानमन्त्री मोदीलाई भेट्ने प्रयास असफल

शनिबार, ३ माघ २०७७

शनिबार, ३ माघ २०७७

काठमाडौं । तीनदिने औपचारिक भारत भ्रमणमा गएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली स्वदेश फर्किएका छन् । उनी शनिबार अपरान्ह स्वदेश फर्किएका हुन् ।



भारतको राजधानी नयाँदिल्लीमा शुक्रबार भएको परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन मन्त्री ज्ञवाली बिहीबार भारत गएका थिए । उनले स्वदेश फर्किनुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न प्रयास भने असफल भएको थियो ।

मन्त्री ज्ञवालीले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भने भेटवार्ता गरेका थिए । उनले शनिबार नै नेपाली दूतावासमा भारतीय पत्रकारसँग अन्तरक्रिया गरेका थिए । त्यहाँ उनले नेपालले सुगौली सन्धिलगायत ऐतिहासिक प्रमाणका आधारमा नयाँ नक्सा जारी गरेको बताए ।

त्यस्तै शुक्रबार परराष्ट्रमन्त्री स्तरीय नेपाल भारत स‌ंयुक्त आयोग नेपाली टोलीको नेतृत्व मन्त्री ज्ञवालीले गरेका थिए भने भारतीय टोलीको नेतृत्व विदेशमन्त्री एस जयश‌ंकरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट