मन्त्री ज्ञवाली भारतबाट रित्तो कुटुरो बोकेर फर्कनु भएछ : भट्टराई-Sutra News

मन्त्री ज्ञवाली भारतबाट रित्तो कुटुरो बोकेर फर्कनु भएछ : भट्टराई

शनिबार, ३ माघ २०७७

शनिबार, ३ माघ २०७७

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणबारे टिप्पणी गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमार्फत टिप्पणी गरेका हुन् ।



भट्टराईले मन्त्री ज्ञवालीको भारत भ्रमण बेला न कुबेलाको भएको बताएका छन् । उनले देशको जटिल भूराजनीतिक स्थिति नबुझी नेताहरु कैले बुरूक्क उफ्रिने र कैले लम्पसार पर्ने गरेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘मन्त्री ज्ञवाली कुवेलाको भारत भ्रमणपछि ‘कुराकानी भएको’, ‘छलफल भएको’, ‘विचारको आदानप्रदान भएको’, ‘गतिदिने सहमति भएको’, ‘प्राथमिकतामा राख्ने सहमति भएको’आदि रित्तो कुटुरो बोकेर फर्कनु भएछ। देशको जटिल भूराजनीतिक स्थिति नबुझी कैले बुरूक्क उफ्रिने र कैले लम्पसार पर्नेको हालत यस्तै हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट