कोरोनाबाट विदेश भूमिमा ३१९ नेपालीको मृत्यु-Sutra News

कोरोनाबाट विदेश भूमिमा ३१९ नेपालीको मृत्यु

आइतबार, ४ माघ २०७७

आइतबार, ४ माघ २०७७

काठमाडौ‌ं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट विदेशमा थप दुई नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यस साता बेलायतमा एक र दक्षिण अफ्रिकामा एक जनाको निधन भएको हो । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यससँगै विदेशी भूमिमा कोरोनाबाट ३ सय १९ नेपालीको मृत्यु भएको छ ।



संघको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५४ हजार ५ सय ९१ जना नेपालीमा संक्रमण देखिएकामध्ये ५२ हजार ९ सय ४५ जना कोरोनामुक्त भएका छन् । यो कूल संक्रमितको ९५ प्रतिशत हो । यस साता बेलायत, जापान, साउथ अफ्रिकालगायत मध्य पूर्वमा रहेका थप नेपालीमा संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट