सुनको मूल्यमा ७ सय रुपैयाँले गिरावट-Sutra News

सुनको मूल्यमा ७ सय रुपैयाँले गिरावट

आइतबार, ४ माघ २०७७

आइतबार, ४ माघ २०७७

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य ओरालो लागेको छ । आइतबार तोलामा ७ सय रुपैयाँले सुनको मूल्य घटेको हो ।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । छापावाला सुन शुक्रबार तोलामा ९२ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको मूल्यमा समेत शुक्रबारको तुलनामा तोलामा ७ सय रुपैयाँले गिरावट आएको छ ।

चाँदी तोलामा ३० ले घटेको छ । एक हजार २ सय ६० रुपैयाँमा शुक्रबार कारोबार भएको चाँदी आज एक हजार २ सय ३० मा मूल्य निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट