विप्लव समूहका नेता बाँस्तोलाई एक साता हिरासतमा राख्न अनुमति-Sutra News

विप्लव समूहका नेता बाँस्तोलाई एक साता हिरासतमा राख्न अनुमति

आइतबार, ४ माघ २०७७

आइतबार, ४ माघ २०७७

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका पश्चिम कमाण्ड इञ्चार्ज तथा सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलालाई हिरासतमा राख्न अनुमित पाएको छ । उनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको हो ।



बाँस्तोलालाई जिल्ला अदालत ललितपुरले अनुसन्धानका लागि ६ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो । उनीसँगै पक्राउ परेका विवेक कुमाल र रोजन रखालविरुद्ध पनि एक साता म्याद थपिएको छ ।

प्रहरीले बाँस्तोलाविरुद्ध तीन वटा कसुरमा अनुसन्धान अघि बढाएको छ । नख्खुमा एक जनाको मृत्यु र दुई जना घाइते हुने गरी २०७५ साल फागुनमा भएको बम विष्फोटनमा पनि उनी संलग्न भएको भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट