‘दुई जिब्रो- पहिला नम्र बोली, अहिले ओली ओली’-Sutra News

‘दुई जिब्रो- पहिला नम्र बोली, अहिले ओली ओली’

आइतबार, ४ माघ २०७७

आइतबार, ४ माघ २०७७

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप ज्ञवालीले प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षका नेता सुवासचन्द्र नेम्वाङमाथि प्रश्न गरेका छन् । संविधान सभाका अध्यक्षसमेत रहेका नेम्वाङले शनिबार एक कार्यक्रममा राखेको मन्तव्यलाई आधार बनाएर ज्ञवालीले व्यंग्या गर्दै प्रश्न गरेका हुन् ।



नेता ज्ञवालीले नेम्वाङको दुई जिब्रो भएको बताएका छन् । उनले नेम्वाङलाई संविधान सभाका अध्यक्ष भएका व्यक्तिलाई संविधानले कति अधिकार दिएको भन्दै प्रश्नसमेत गरेका हुन् ।

उनले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै भने, ‘दुई जिब्रो- पहिला नम्र बोली,अहिले ओली ओली । संविधान सभामा अध्यक्ष भएका व्यक्तिलाई संविधानले दिएको अधिकार कति हो ? भन्ने सामान्य ज्ञान पनि हुँदैन ? एक वर्षअगाडि आफैले बोलेको कुराले गिज्याएन र ? कम्रेड ! संविधानको अन्तिम व्याख्या गर्ने ओली ग्याङ्गले हो कि सर्वोच्च अदालतले ?’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट