केन्द्रीय सदस्य बनाइदिन्छ भनेर बालुवाटारमा मान्छे जान डराउँछन् : नेता नेपाल-Sutra News

केन्द्रीय सदस्य बनाइदिन्छ भनेर बालुवाटारमा मान्छे जान डराउँछन् : नेता नेपाल

आइतबार, ४ माघ २०७७

आइतबार, ४ माघ २०७७

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री निवास बालुवाटारतिर मान्छे जान डराउने बताएका छन् । कार्यकर्ता भेला सम्बोधन गर्न दाङ पुगेका उनले पक्रेर केन्द्रीय सदस्य बनाइदिन्छ भनेर बालुवाटारमा मान्छे जान डराएको बताएका हुन् ।



‘कतिलाई केन्द्रीय सदस्य सुन्नु नपरे पनि हुन्थ्यो भएको छ,’ नेपालले भने, ‘केपी ओली समूहको पार्टी मेला मात्रै नभएर झमेला भइसकेको छ ।’

ओलीले नेकपाको आफ्नो पक्षमा केन्द्रीय सदस्य मनोनित गरेकामध्ये दुई सय जनाले अस्वीकार गरिसकेको समेत नेपालले बताए । ओलीमा आफू महाराजा भएको र भारदारबाट प्रशंसा खोज्ने प्रवृत्ति रहेको उनले बताए । तर एकदिन ओलीलाई नाङ्गो राजाको अवस्था आउने उनको चेतावनी दिए ।

प्रतिनिधिसभा विघटन गरेसँगै नेकपाभित्र उत्पन्न भएको विवादले ठूलो लिएको छ । योसँगै ओली पक्ष र प्रचण्ड-माधव पक्षका नेताले आफ्नो पक्षका नेता तथा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट