चुनावमा जान राजनीतिक दल र निर्वाचन आयोगबीच छलफल-Sutra News

चुनावमा जान राजनीतिक दल र निर्वाचन आयोगबीच छलफल

आइतबार, ४ माघ २०७७

आइतबार, ४ माघ २०७७

काठमाडौं । निर्वाचन आयोगले सरकारले तोकेको समयमा प्रतिनिधि सभाको निर्वाचनबारे राजनीतिक दलका नेतासँग छलफल गरेको छ । आइतबार निर्वाचन आयोगले संघीय संसद, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग घोषित मितिमा निर्वाचन सम्पन्न गराउन गरिरहेको आन्तरिक तयारीका बारेमा छलफल गरेको हो ।



छलफलमा आयोगले सञ्चालन गरेको मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रम, मतदान स्थल र मतदान केन्द्र पुनरावलोकन कार्यक्रमबारे नेतालाई जानकारी गराई राय, परामर्श लिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । छलफलका क्रममा आयोगले निर्वाचन कार्यक्रममा सहभागी हुन राजनीतिक दलको तर्फबाट आम नागरिकलाई सुसुचित गराईदिन आग्रह गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल पक्षका नेता राजेन्द्र पाण्डेले निर्वाचन आयोगले भने जस्तो निर्वाचन तयारीमा आफुहरु नलाग्ने बताए । सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेको अवस्थामा तत्काल निर्वाचनको कार्यक्रम अघि नबढाउन आयोगमा आग्रह गरेको उल्लेख गर्दै उनले वैशाखमा निर्वाचन गर्न नसक्ने बताए ।

नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले आफूहरु निर्वाचनको पक्षमा रहेको बताए । आयोगले कुनै पनि समय निर्वाचन गराउन तयार रहनु पर्ने भन्दै उनले सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरे त्यसलाई स्वीकार गर्ने तथा निर्वाचन भए निर्वाचनमा जान कांग्रेस तयार रहेको बताएका थिए ।

सरकारले वैशाख १७ र २७ गते निर्वाचन गर्ने मिति घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट