सिंगो देश स्तब्ध हुँदा प्रधानमन्त्री हाँस्दै हिडेको छ : प्रचण्ड-Sutra News

सिंगो देश स्तब्ध हुँदा प्रधानमन्त्री हाँस्दै हिडेको छ : प्रचण्ड

आइतबार, ४ माघ २०७७

आइतबार, ४ माघ २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल पक्षका अध्यक्ष प्रचण्डले आवेग र आक्रोशसहित आन्दोलनमा सक्रिय हुन युवालाई निर्देशन दिएका छन् ।



आइतबार राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले लामो राजनीतिक आन्दोलनबाट प्राप्त संविधानमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहार गरेको भन्दै आवेश र आक्रोशसहित आन्दोलन गर्न युवाहरुलाई निर्देशन दिएका हुन् । आन्दोलनमा युवा मात्रै नभई अग्रमोर्चामा आफु पनि सहभागि हुने उनले बताए ।

अध्यक्ष प्रचण्डले संविधानमाथि प्रहार भएसँगै सिंगो देश स्तब्ध हुँदा प्रधानमन्त्री ओली हाँस्दै हिडेको टिप्पणी गरे । प्रधानमन्त्री ओलीलाई जनताले नभई पार्टीले प्रधानमन्त्री बनाएको उनको भनाई थियो । उनले ओली प्रवृत्तिविरुद्ध मेजर अपरेशन आवश्यक रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट