चोरी मुद्दामा ५८ वर्ष कैद तोकिएका व्यक्ति १५ वर्षपछि पक्राउ-Sutra News

चोरी मुद्दामा ५८ वर्ष कैद तोकिएका व्यक्ति १५ वर्षपछि पक्राउ

आइतबार, ४ माघ २०७७

आइतबार, ४ माघ २०७७

काठमाडौं । चोरीको घटनामा ५८ वर्ष जेल सजाय पाएका व्यक्ति १५ वर्षपछि पक्राउ परेका छन् । १० जना फरक(फरक व्यक्तिको जाहेरीका आधारमा ५८ वर्ष जेल सजाय पाएका दीपक श्रेष्ठलाई प्रहरीले शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।



चोरीको मुद्दामा काठमाडौं जिल्ला अदालतले वि‍ं.सं. २०६३ सालमा श्रेष्ठविरूद्ध ५८ वर्ष कैद सजाय फैसला गरेको थियो । श्रेष्ठलाई प्रहरीको विशेष टोलीले काठमाडौं महानगरपालिका ६ बौद्धबाट पक्राउ गरेको हो ।

दोलखा जिल्लाको साविक भिमेश्वर नगरपालिका ५ का स्थायी बासिन्दा श्रेष्ठलाई कारबाहीका लागि काठमाडौं अदालतमा उपस्थित गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट