थप २६६ जनामा कोरोना संक्रमण, पाँच जनाको मृत्यु-Sutra News

थप २६६ जनामा कोरोना संक्रमण, पाँच जनाको मृत्यु

आइतबार, ४ माघ २०७७

आइतबार, ४ माघ २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २ सय ६६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ५ सय ८ नमुना परीक्षण हुँदा ९१ जना महिला र १७५ पुरुषमा संक्रमण पुष्टि भएको हो ।



योसँगै कुल संक्रमितको संख्या २ लाख ६७ हजार ३२२ पुगेको छ । उनीहरुमध्ये २ लाख ६१ हजार ४४४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै, कोरोनाबाट ५ जनाको मृत्यु भएको छ । योसँगै एक हजार ९ सय ५९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाल देशभर ३ हजार ९१९ संक्रिय संक्रमित छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट