भारतमा कोरोना ग्राफः संक्रमितको संख्या एक करोड पाँच लाख ५७ हजारभन्दा बढी-Sutra News

भारतमा कोरोना ग्राफः संक्रमितको संख्या एक करोड पाँच लाख ५७ हजारभन्दा बढी

आइतबार, ४ माघ २०७७

आइतबार, ४ माघ २०७७

भारत- भारतमा कोरोना भाइरस ससंक्रमितको संख्या आइतबारसम्म एक करोड पाँच लाख ५७ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १५ हजार १४४ नयाँ संक्रमित फेला परेपछि कोरोना सो संख्या एक करोड ५ लाख ५७ हजार ९८५ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।



गत २४ मा संक्रमणको कारण १८१ जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या एक लाख ५२ हजार २७४ जना पुगेको छ ।  मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड एक लाख ९६ हजार भन्दा बढी व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख ८ हजार ८२६ सक्रिय संक्रमित रहेका छन् ।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा शनिबार २९९ जना थप व्यक्तिमा संक्रमण देखिएको र ६ जनाको मृत्यु भएको छ । कोभिड सुरु भएयता भाइरस संक्रमणको कारण दिल्लीमा १० हजार ७३८ को मृत्यु भएको छ ।

स्वास्थ्य अनुसन्धान परिषद्ले शनिबारसम्म देशभर १८ करोड ६५ लाख ४४ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । शनिबार एकै दिनमा मात्र सात लाख ७९ हजार ३७७ जनाको परीक्षण गरेको जनाइएको छ । यद्यपी भारतमा कोरोना भाइरसविरुद्ध खोप अभियानको शनिबारदेखि सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट