विवाद हुँदा वडाध्यक्षमाथि हातपात, शरीरभरि चोट-Sutra News

विवाद हुँदा वडाध्यक्षमाथि हातपात, शरीरभरि चोट

आइतबार, ४ माघ २०७७

आइतबार, ४ माघ २०७७

काठमाडौं । हुम्लाको अदानचुली गाउँपालिका १ का वडाध्यक्षमाथि हातपात हुँदा गम्भीर घाइते भएका छन् । श्रीनगरको सडकका विषयमा छलफल हुने क्रममा विवाद चर्किएपछि वडाध्यक्ष रग थापामाथि हातपात भएको हो ।



हातपात हुँदा वडाध्यक्ष थापाको टाउको, मुख र शरीरमा चोट लागेको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत अदानचुली गाउँपालिका १ को कार्यक्रम अनुगमनमा गएको समयमा एक्कासी उनीमाथि ढुंगाले हानेर गम्भीर घाइते बनाइएको थियो ।

वडाध्यक्ष थापाले प्राविधिकको सर्बेविना श्रीनगरको सडक मनपरी ढंगले काट्न नहुने भन्दै सम्झाउन खोज्दा आफूमाथि ढुंगामुढा भएको बताए । घटनामा थापासहित तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा स्थानीय दीपक थापा र मक्क थापासमेत रहेका थिए । उनीहरुको स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट