राष्ट्रिय-अन्तर्राष्ट्रिय अभ्यासका आधारमा संसद विघटन गरेँ : प्रधानमन्त्री ओली-Sutra News

राष्ट्रिय-अन्तर्राष्ट्रिय अभ्यासका आधारमा संसद विघटन गरेँ : प्रधानमन्त्री ओली

आइतबार, ४ माघ २०७७

आइतबार, ४ माघ २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ तथा राष्ट्रिय-अन्तर्राष्ट्रिय अभ्यास र अनुभवका आधारमा संसद विघटनको सिफारिस गरेको बताएका छन् ।



अखिल नेपाल महिला संघ (अनेमसं)को दोस्रो केन्द्रीय कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले देश बर्बाद हुनबाट बचाउन आफूले स‌ंसद विघटनको सिफारिस गरेको स्पष्ट पारेका थिए ।

“संविधानमा राष्ट्रपतिले सरकारको सिफारिशमा काम गर्ने व्यवस्था छ, अहिले त्यसअनुसार नै भएको हो”, उनले भने, “कमी कमजोरी कुरा गर्ने हो भने मसँग भन्ने हो, राष्ट्रपतिले हेर्ने होइन ।”

पार्टी र आन्दोलनमा एउटा महान् शुद्धीकरण आवश्यकता रहेकामा अहिले त्यो प्राप्त भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका ओलीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट