न्यूनचापीय प्रणालीको सामान्य प्रभाव, पहाडमा बदली, तराईमा हुस्सु-Sutra News

न्यूनचापीय प्रणालीको सामान्य प्रभाव, पहाडमा बदली, तराईमा हुस्सु

सोमबार, ५ माघ २०७७

सोमबार, ५ माघ २०७७

काठमाडौं- अहिले प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली रहेको छ ।  उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेकोले मौसम बदली भएको हो ।



मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न भूभागहरुमा आकाशमा बादललागे सँगै राम्रोसँग घाम नालाग्दा दिउँसोको तापक्रममा हल्का गिरावट आउने छ ।

तराईका केही भूभागहरुमा बिहानको समयमा बाक्लो हुस्सु/कुहिरोसमेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट