काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथिको विषय केन्द्रित बहस आज पनि जारी छ । सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाई संवैधानिक इजलाशमा आइतबारदेखि विषयमा प्रवेश गरेको थियो । दोस्रो दिनको बहस सोमबार रिट निवेदकका तर्फबाट अधिवक्ता दिनमणि पोखरेलले गरेका हुन् ।
आइतबार पहिलो दिन निवेदकका तर्फबाट चार वकिलले बहस गरेका थिए । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गएको पुस ५ गते प्रतिनिधिसभा विघटनको घोषणा गरि आउँदो वैशाख १७ र २७ गतेका लागि चुनावको घोषणा भएको थियो ।
संसद विघटन संविधान विपरित रहेको भन्दै पुनर्स्थापनाको माग गरि सर्वोच्चमा एक दर्जन भन्दा बढि रिट परेका छन् । ती रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासहितको संवैधानिक इजलासमा सुनुवाई भइरहेको छ ।