नयाँ प्रजातिको कोरोना भाइरस नेपाल भित्रिएको पुष्टि-Sutra News

नयाँ प्रजातिको कोरोना भाइरस नेपाल भित्रिएको पुष्टि

सोमबार, ५ माघ २०७७

सोमबार, ५ माघ २०७७

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रजाति नेपालमा भित्रिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट आएका तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि भएको जानकारी दिएको हो ।



पुस पहिलो सातामा बेलायतबाट आएका तीन जना व्यक्तिमा नयाँ प्रजातिको कोरोना संक्रमण देखिएको हो । बेलायतमा पहिलोपटक देखिएको यो प्रजातिको कोरोना भाइरस ७० प्रतिशत तीव्र गतिमा फैलिने जनाइएको छ ।

12.jpg

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट