नयाँ प्रजातिको कोरोना परीक्षण नेपालमा असम्भव-Sutra News

नयाँ प्रजातिको कोरोना परीक्षण नेपालमा असम्भव

सोमबार, ५ माघ २०७७

सोमबार, ५ माघ २०७७

काठमाडौं । बेलायतमा पहिलोपटक देखा परेको नयाँ प्रजातिको कोरोना भाइरस नेपालका ३ जनामा पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ प्रजातिको कोरोना देखा परेको जनाएका हुन् ।



भेरियन्ट नाम दिएको उक्त प्रजातिको भाइरस पहिलोपटक ३ जना नेपालीमा देखिएको हो । बेलायतबाट स्वदेश फर्किएसँगै उनीहरुलाई मन्त्रालयले उच्च निगरानीमा राख्दै आएको थियो ।

उनीहरुमा नयाँ प्रजाति कोरोनाको लक्षण देखिएसँगै मन्त्रालयले विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङको प्रयोगशालामा परीक्षण गर्न नमुना पठाएको थियो । नेपालमा उक्त परीक्षण असम्भव भएसँगै गत पौष २७ गते उनीहरुको नमुना हङकङ पठाइएको हो ।

नयाँ प्रजातिको कोरोना पुष्टि हुनेमा २८ वर्षीय महिला, ६७ र ३२ वर्षीय पुरुषहरु रहेका छन् । यस प्रजातिको कोरोना देखिएसँगै मन्त्रालयले उच्च सतर्क रहन सबैलाई आग्रह गरेको छ ।

याे पनि पढ्नुहोस्

नयाँ प्रजातिको कोरोना भाइरस नेपाल भित्रिएको पुष्टि

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट