राष्ट्रिय वाणिज्य बैंकको ५६ औँ वार्षिकोत्सव मनाउन सुरु-Sutra News

राष्ट्रिय वाणिज्य बैंकको ५६ औँ वार्षिकोत्सव मनाउन सुरु

सोमबार, ५ माघ २०७७

सोमबार, ५ माघ २०७७

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो ५६ औँ वार्षिकोत्सव मनाएको छ । सोमबार सिंहदरबार प्लाजा काठमाडौँमा रक्तदान कार्यक्रमको आयोजना साथ ५६ औँ वार्षिकोत्सव मनाइरहेको हो ।



बैंकले कोरोना भाइरस महामारी संक्रमणपछि लेस क्यास ट्रान्जेक्शन गर्दै डिजिटलको माध्यमबाट कारोबार अगाडि बढाउने र यसलाई निरन्तरता दिने बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले जानकारी दिए । जस्तोसुकै विषम परिस्थितिमा पनि बैंकिङ गतिविधि हुने उनको भनाई थियो ।

ग्राहकलाई नयाँ सेवा सहज तरिकाले कसरी दिने भन्नेमा बैंक गम्भीर भएको उपकार्यकारी अधिकृत सरस्वती अधिकारीले बताईन् । बैंकले आगामी १० गते वार्षिकोत्सवको औपचारिक कार्यक्रम गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट